दफा ४४
रेडियोधर्मी पदार्थको निकासी वा पैठारी
(१) कसैले पनि प्रचलित कानून बमोजिम इजाजतपत्र नलिई रेडियोधर्मी पदार्थ, त्यस्तो पदार्थसँग सम्बद्ध जानकारी, यन्त्र, उपकरण र प्रविधिको निकासी वा पैठारी गर्नु, गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको रेडियोधर्मी पदार्थ निकासी वा पैठारी गर्न इजाजतपत्र जारी गर्ने शर्त, प्रक्रिया, मापदण्ड तथा अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।